काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा आफ्नो आत्मसम्मानमा चोट पुगेको बताएका छन् ।
आइतबारदेखि जारी सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा अध्यक्षद्वयले पेस गरेको प्रतिवेदनमाथि टिप्पणी गर्नेक्रममा विष्टले आफूलाई अयोग्यजसरी हटाएको भन्दै असन्तुष्टि जनाए । उनले राजीनामा मागेको भए आफू राजीनामा दिन पहिलै तयार रहेको उल्लेख गरे ।
स्थायी समिति सदस्यको नाताले मन्त्रीबाट हटाउनु पहिले पार्टीले सामान्य जानकारी गराएर बाटो खाली गरिदिन भनेको भए बरु त्यसलाई आफूले सहज लिन सक्ने बताएका छन् ।
बैठकमा बुधबार १२ जना सदस्यले आफ्ना सुझाव राखेका छन् । मातृका यादव, वर्षमान पुन, लिलामणी पोखरेल, प्रदीप ज्ञवाली, गिरिराजमणी पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेलले सुझाव राखेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।