इटहरी– इटहरीका पुराना पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी याम प्रधानको निधन भएको छ ।
लामो समयदेखि दुवै मृगौला फेल भएर उपचार गर्दै आएका प्रधानको आफ्नै निवास इटहरीमा बिहीबार बिहान साढे ३ बजे निधन भएको नेपाल पत्रकार महासंघका सुनसरी अध्यक्ष अमर खड्काले जानकाी दिए ।
प्रधान नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्ष, नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष थिए । प्रधानका एक छोरी र श्रीमती छन् ।