काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा उम्मेदवार तय गरेको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले आगामी माघ ९ गते हुने निर्वाचनका लागि राष्ट्रिय सभा उम्मेदवार तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । राष्ट्रिय सभामा रिक्त १९ मध्ये नेकपाले १६ सिटमा उम्मेदवार छानेको छ । एक सिट राष्ट्रपतिबाट मनोनीत हुने र दुई सिट प्रदेश नम्बर २ मा राजपालाई छाडिएको छ ।
नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता बेदुराम भूसाललाई पनि उम्मेदवार बनाएको छ । श्रेष्ठ २०७४ को चुनावमा गोरखा २ बाट पराजित भएका थिए भने रामबहादुर थापालाई जिताउन भूसालले राष्ट्रिय सभामा उम्मेदवारी फिर्ता लिएका थिए ।
प्रदेश १
इन्दु गौतम (महिला)
गोपी अछामी (दलित)
देवेन्द्र दाहाल (अन्य)
प्रदेश २
तुलसा दाहाल (महिला)
राधेश्याम पासवान (दलित)
प्रदेश ३
गंगा वेल्वासे (महिला)
वेदुराम भूसाल (अन्य)
गण्डकी प्रदेश
नारायणकाजी श्रेष्ठ (अन्य)
भगवति न्यौपाने (महिला)
प्रदेश ५
विमला घिमिरे (महिला)
जगप्रसाद शर्मा (अपांगता/अल्पसंख्यक)
गोपाल भट्टराई (अन्य)
कर्णाली प्रदेश
मायाप्रसाद शर्मा (अन्य)
सुमित्रा बीसी (महिला)
सुदुरपश्चिम
तारामान स्वार (अन्य)
शारदा भट्ट (महिला)