सुन्तला, आलु र दूध बेचेर आम्दानी बढाइदै

लोकप्रिय

काठेखोला गाउँपालिकाले उच्च पहाडी बस्तीका सबै किसानलाई आलु खेतीमा लाग्न आग्रह गरेको छ । ती क्षेत्रलाई गाउँपालिकाले ‘आलु पकेट’ घोषणा समेत गरेको छ ।
उत्पादनलाई बजारमा पहुँच बढाउन तथा तत्काल बिक्री गर्न नसक्ने स्थानको भण्डारण गर्न गाउँपालिकाले लगानी समेत गरेको छ । सो गाउँपालिकाका अध्यक्ष अमर थापाले बीउ, प्रविधि र औजारमा पालिकाले सहयोग बढाएको र हरेक वडाका पाँच युवालाई कृषि उद्यमको तालिम दिएर व्यवसायमा लगाउने योजना रहेको जानकारी दिनुभयो ।

काठेखोलाका हरेक वडाका उच्च क्षेत्रमा आलुको व्यावसायिक उत्पादन भइरहेको छ । वडा नं ८ को का देश, वडा नं. ७ को रेश र वडा नं ३ को धम्जामा आलु उत्पादन हुन्छ ।
उहाँले कृषि पेशा गरिरहेका युवालाई प्राविधिक तालिम दिँदा रोग किरा लाग्दा उपचार आफँै गर्नसक्ने अवस्था आउने बताउनुभयो । काठेखोलाको धम्जामा दुई वटा आलु भण्डारन केन्द्र सञ्चालनमा आएका छन् । बागलुङको ढोरपाटन र ताराखोलामा पनि प्रशस्त आलु उत्पादन हुन्छ । ती स्थानमा आवश्यक भण्डारणस्थल बनाउन पहल शुरु भएको छ । ताराखोला गाउँपालिकाले आलु उत्पादन मात्र नभई परिकार बनाउने उद्यमी बनाउन लगानी शुरु गरेको अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो । “हामीले घरघरमै उद्यमी बनाउने लक्ष्य राखेका छौँ”, उहाँले भन्नुभयो, “यसका लागि टोलटोलमा तालिम दिएर उत्पादनकै लागि लगानी गरिरहेका छौँ ।”

धम्जा, ताराखोल र ढोरपाटनका किसानले आलु उत्पादनबाट वर्षेनी लाखौँ रुपैयाँ आम्दानी गरिहेका छन् । काठेखोलाले आलुबाहेक सुन्तलामा लगानी बढाएको छ ।
अघिल्लो वर्षको तुलनामा चालू वर्ष असिना र अन्य प्राविधिक कारणले उत्पादन कम भएको वडा नं ६ का अध्यक्ष युक्तप्रसाद कँडेलले बताउनुभयो । तर उत्पादन बढाउन बिरुवा रोप्ने काम भइरहेकाले दोब्बर बढी फलाउने लक्ष्य केही वर्षमा पूरा हुनेसमेत उहाँले जानकारी दिनुभयो । प्रदेश सरकार र गाउँपालिकाको लगानीमा काठेखोलामा सबैभन्दा ठूलो कृषि भण्डारण बनाउन शुरुआत गरिएको छ ।-रासस

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘ताउ–ते’ का कारण मौसम प्रतिकुल हुन सक्ने भन्दै पर्वतारोहीलाई सजग रहन अपील

देशभरको मौसम कस्तो रहन्छ, ताउ–ते चक्रवातको प्रभाव कहाँ कस्तो?काठमाडौँ – पूर्वीमध्य अरब सागरमा बनेर हाल भारतको गुजरातसहितका क्षेत्रमा पुगेको...

छुटाउनुभयो कि?

  •  
  •  
  •