चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले २० करोड घुस मागेको दुर्गा प्रसाईंको आरोप

लोकप्रिय

काठमाडौं– बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो कलेजलाई सबन्धन दिन चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका छन् । राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले सम्बन्धनको निवेदन दर्ता गर्नसमेत गिरीले अस्वीकार गरेको दाबी गरे ।

प्रसाईंका अनुसार उनी सम्बन्धनको निवेदन दिन मंसिर १५ गते पुगेका थिए । तर, गिरीले भेटेर कुरा गरौंला भन्दै निवेदन फर्काइदिए । त्यही दिन साँझ बत्तिसपुतलीस्थित द्वारिकाज् होटलमा भेट भएको थियो ।

गिरीले आफू आयोगको उपाध्यक्ष हुन धेरै खर्च गरेको भन्दै २० करोड रुपैयाँ माग गरेका थिए । ‘२०–५० लाख भए जसो गरे पनि हुन्थ्यो, अहिले पहिलोजस्तो छैन, सम्पत्ति शुद्धीकरणले च्याप्पै समात्छ भनेँ,’ उनले भने, ‘त्यसपछि गिरीले मेरो सम्धी हुनुहुन्छ झापामा, उहाँको नाममा १० प्रतिशत शेयर पास गरिदिनुस् भने ।’

सरकारले गएको भदौमा मात्रै चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. श्रीकृष्ण गिरीलाई नियुक्त गरेको थियो ।

घुस मागेको प्रमाण छ भन्ने प्रश्नमा उनले भने, ‘मैले रेकर्ड गरिनँ । म मोबाइलमा रेकर्ड गर्न जान्दिनँ । तर म फेस टु फेस बसेर कुरा गर्न तयार छु । मेरो सामुन्ने घुस मागेको होइन भनेर कसरी भन्नसक्नुहुन्छ रु’

बी एण्ड सीलाई सम्बन्धन दिनुपर्ने, नभए कलेजको सम्पत्ति राज्यले नै किन्नुपर्ने प्रसाईंको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?