काठमाडौं– पत्रकार डिबी खड्काको पुस्तक ‘नियत’को विमोचन गरिएको छ ।
डिबीले यसमा आफ्नो पत्रकारिताको क्रममा देखेको रङ्गीन दुनियाको अध्यारो पाटोलाई उजागर गर्न खोजेको बताएका छन् । उनले नेपाली मनोरञ्जन दुनियाँलाई नजिकबाट नियाल्दा रंगीनभन्दा धेरै फिक्का महसुस गरेको समेत उल्लेख गरे । ‘बाहिरबाट हेर्दा जति चम्किलो छ,’ उनी भन्छन्, ‘भित्र त्यति नै अध्यारो ।’
पुरुषका लागि रंगीन र रोचक रहे पनि महिलाका लागि यो क्षेत्र कहाली लाग्दो रहेको उनले निष्कर्ष निकालेका छन् ।