माओवादी ‘जनसत्ता’का लिखतलाई धमाधम मान्यता

लोकप्रिय

दाङ- तत्कालीन द्वन्द्धकालमा माओवादी ‘जनसत्ता’ले पास गरेका जग्गाका लिखतले मान्यता पाउन थालेका छन् ।

माओवादीले तत्कालीन अवस्थामा खडा गरेका लिखतलाई मान्यता दिलाउन स्थानीय सरकार नै सक्रिय भएका छन् ।

रुकुममा जनसत्ताका लिखतको आधिकारिकताका विषयमा लामो समयसम्म विवाद चलेपछि स्थानीय सरकार नै ती लिखतलाई मान्यता दिलाउन लागि परेका थिए ।

रुकुम, मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमका अनुसार जनसत्ताका लिखतकै आधारमा पास गरिएका जग्गाले कानुनी मान्यता पाइरहेका छन् ।

‘अहिलेसम्म ८० प्रतिशत मान्यता पाइसकेको अवस्था छ,’उनले भने,‘यहाँका हरेक स्थानीय तहले यो विषयलाई गम्भीरताका साथ महत्व दिएर काम अगाडि बढाइरहेका छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?