काठमाडौं- नेपालका लागि अमेरिक–राजदूत र्यान्ड–बेरी नेपाली जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन चाहन्छन ।
नेपाली जनतासँग ‘राजदूतसँग गफगाफ’ ल्याएर चर्चा बटुलेका उनी यतिबेला भिजिट नेपाल २०२० लाई सफल बनाउन सहयोग गर्ने बचनसहित प्रचार अभियानमा छन् ।
उनले सामाजिक संजालमार्फत नेपालका पर्यटकीय स्थलहरुको प्रचार मात्र गरिरहेका छैनन् विभिन्न पर्यटकीय स्थलमा कैद गरिएका आफ्ना ब्यक्तिगत तस्वीरहरु पनि पोष्ट गरेर भिजिट नेपाल सफल बनाउनुपर्ने अभिब्यक्तिहरु दिइरहेका छन् ।
राजदूत बेरीले आफ्नो ट्वीटरमार्फत भिजिट नेपाल अभियानलाई सघाउन जनवरी महिनाभर नेपालस्थित अमेरिकी मिशनका सबै सामाजिक संजालहरूमा नेपाललाई एक उत्कृष्ट पर्यटकीय गन्तब्यको रूपमा प्रचार गर्ने घोषणा पनि गरिसकेका छन् ।
नेपालस्थित अमेरिकी मिशनमा कार्यरत कर्मचारी र परिवारले नेपाल घुम्दाको अनुभव र तस्वीर सामाजिक संजालहरुमा पोष्ट भिजिट नेपाललाई सफल बनाउन फेसबुक पेजमार्फत आब्हान पनि गरिएको छ ।
अमेरिकी दुताबासको आधिकारिक फेसबुक पेजमा राजदुत बेरी मुस्ताङ, जनकपुर, इलाम, रामेछाप, दोलखा, काठमाडौंलगायत भ्रमण गर्दाका आकर्षक तस्वीरहरु पोष्ट भएका छन् ।
