काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पदावधि एक महिना पनि बाँकी छैन । खनालको पदावधिक माघ २९ मा सकिने भएपछि नयाँ प्रहरी महानिरीक्षकको दौडधूप तीब्र भएको छ ।
नयाँ प्रहरी महानिरीक्षकका लागि सर्वाधिक दाबेदार छन्– ठाकुर ज्ञवाली र तारिणी लम्साल । तर यसपटक विगतकोजस्तो दाबेदारबीच अस्वस्थ्य प्रतिस्पर्धा भएको छैन । ज्ञवाली नै ६ महिनाका लागि आईजीपी हुने धेरै सम्भावना भएकाले पनि अस्वस्थ दौडधुप नभएको हो ।
ज्ञवाली प्रदेश नम्बर १ तथा लम्साल सुदुरपश्चिम प्रदेशका प्रमुख छन् । केही दिनयता दुवै जना बिदा लिएर काठमाडौं आएका हुन् ।
कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा रहेका ज्ञवालीको सम्भावना लम्सालको भन्दा बढी छ ।