मोहम्मद अल्लवी इराकका नयाँ प्रधानमन्त्री नियुक्त, आन्दोलनकारी भएनन् मत्थर

लोकप्रिय

एजेन्सी- इराकमा बार्हम सालिहले मोहम्मद तौफिक अल्लवी नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।

लामो समयदेखि सरकार विरोधी आन्दोलन चलिरहेका बेला राष्ट्रपति बार्हम सालिहले अल्लवीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

तर आन्दोलनकारीले भने नवनियुक्त प्रधानमन्त्रीले आफूहरुले उठाएका एजेण्डा सम्बोधन गर्न नसक्ने भन्दै विरोध प्रदर्शन गरीरहेका छन् ।

नवनियुक्त प्रधानमन्त्रीकै विरोधमा राजधानी बगदादलगायत दक्षिणी प्रान्तहरुमा विरोध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इराकको संसदले राष्ट्रपतिलाई दवाव दिएपछि प्रधानामन्त्री नियुक्त भएपनि आन्दोलन थप चर्किएको छ ।

गत अक्टोबरदेखि सरकार विरोधी प्रदर्शनका कारण अडेल अब्दुल महदीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि हिंसात्मक घटनाहरु भइरहेका छन् ।

प्रधानमन्त्री नियुक्त भएलगत्तै अल्लावीले आम जनताको भावनाको कदर गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?