नेकपा केन्द्रीय कमिटी बैठक: आज अध्यक्षद्धय र महासचिवले जवाफ दिने

लोकप्रिय

काठमाडौं- सत्तारुढ नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष र महासचिवले जवाफ दिने भएका छन् ।

चार दिनदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले समूहगत रूपमा उठाएका प्रश्नको आज नेतृत्वले जवाफ दिने भएको हो ।

हिजो र शुक्रबार पन्ध्र समूहका टोली नेताले समूहगत छलफलको निस्कर्ष पेश गरेपछि नेतृत्वले आज जवाफ दिन लागेको हो ।

जवाफ दिनुअघि सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । सचिवालयले निकाल्ने निष्कर्षका आधारमा बैठकमा नेतृत्वले जवाफ दिने नेताहरुले बताएका छन् ।

जवाफ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले दिने नेकपाको तयारी छ । विधानका विषयमा उठेका प्रश्नको महासचिव विष्णु पौडेलले जवाफ दिने बताइएको छ ।

केन्द्रीय कमिटीमा नेताहरूको जीवनशैली विलासी बनेको, पार्टी र नेतामा भ्रष्ट आचरण मौलाएको, पार्टीमा नेतृत्वले नै गुटको नेतृत्व गरेको, सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकोजस्ता विषय उठेका छन् ।

साथै एमसीसी अनुमोदन गर्नु नहुने अडान समेत सदस्यहरुले राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?