निवर्तमान गृहसचिव राईको संवैधानिक मार्गमा खतरनाक एम्बुस !

लोकप्रिय

काठमाडौ- अवकास हुने दुई दिन अघि नै राजीनामा दिएका गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले अब कुन संवैधानिक निकायमा नियुक्ति पाउलान ? निजामती कर्मचारी क्षेत्रमा जिज्ञासा उत्पन्न भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त दुई आयुक्तमध्ये एकमा गृहमन्त्रालयका निवर्तमान सचिव प्रेमकुमार राईलाई लाने सोचमा प्रधानमन्त्री केपी शर्मा ओली रहेको चर्चा पनि छ ।

अब उनलाई अख्तियारको आयुक्त नियुक्त गर्ने सोच प्रधानमन्त्री ओलीको भएको प्रचार ब्यापक हुँदैआएको छ । सहसचिव हुँदा अख्तियारमा लामो समय बसेका राईले ओली प्रधानमन्त्री भएदेखि नै गृहमन्त्रालयको प्रशासनिक नेतृत्व गर्दैआएका छन् । प्रधानमन्त्रीको आडमा गृहप्रशासनमा मन्त्री रामबहादुर थापाभन्दा सचिव राई हावी भएको टिप्पणी समेत कतिपयले गर्दैआएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सरुवा बढुवामा उनी हावी भएका केही उदाहरण देखिए पनि । सचिव राई २०७६ माघ २२ गते अवकाश हुनु भन्दा अघि नै राजीनामा दिएर पेन्सनमा केही रकम थपेका छन् । अवकाश हुनु एक महिनाअघि बिदा बस्ने प्रचलन त अन्त्य भइसकेको थियो ।

राईलाई अहिले अख्तियारको आयुक्त बनाउने र पछि २०७७ को अन्त्यतिर प्रमुख आयुक्त नै बनाउने कुरा ब्यापक चर्चामा छ । तर, चर्चामा आएजस्तो उनलाई आयुक्त बनाउन सहज नभएको नेकपाकै उच्च स्रोत बताउँछ । स्रोतका अनुसार, उनी प्रधानमन्त्री ओलीसंग अति नै निकट भएको बुझाई नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छ । बरिष्ठ नेता माधवकुमार नेपालको पनि राईलाई हेर्ने दृष्टिकोण दाहालकै जस्तो छ । भोलि अख्तियारमा लगेर राईलाई ओलीले प्रतिशोध साँध्ने माध्यम त बनाउँदैनन् भन्ने एक किसिमको हाउगुजी नेकपाकै नेताहरुमा रहेको स्रोत बताउछ ।

अख्तियारको आयुक्त सिफारिस गर्ने संवैधानिक परिषदका सदस्य प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि राईको नाममा सहमत हुने अवस्था नरहेको कांग्रेस निकट स्रोत बताउछ । यिनै कारणले उनको अख्तियार पुग्ने मार्गमा खतरनाक एम्बुस भन्ने चर्चा पनि निजामती कर्मचारी क्षेत्रको उच्च तहमा हुन थालेको छ। तर, प्रधानमन्त्री ओलीले चाहेमा यस्ता एम्बुसहरू निस्क्रिय पार्न समय लाग्ने छैन भन्ने चर्चा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हुने गरेको स्रोत बताउछ।

राईलाई निष्कलंक प्रशासकका रुपमा लिनेहरु पनि छन् । तर, उनले प्रहरीका सरुवा बढुवामा च्यापेका एकाध बद्नाम पात्रहरुलाई हेर्दा उनको छविमा आघात पु¥याइएकै छ । फेरि आयल निगमले जग्गा खरिदमा गरेको डेढ अर्ब भ्रष्टाचारमा पनि अध्यक्ष नै रहेका थिए । उनी निगमको अध्यक्ष हुँदा उक्त जग्गा तत्कालीन निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले खरिद गरेका थिए ।

निगमको संचालक समिति अध्यक्षको अनुमोदन विना जग्गा खरिद हुँदैन, यो कुरा जगजाहेर छ । तर, उनीसहितका यो देशका पहुँचवाला जग्गावाला दीपक मल्होत्राहरुलाई जोगाउनका लागि अख्तियारले गोपालबहादुर खड्कामाथि अकूत सम्पत्ति आर्जनको मुद्दा मात्र चलायो । जग्गा खरिदमा भएको डेढ अर्ब भ्रष्टाचार अख्तियारले नै ढिसमिस पा¥यो । अहिले यो निगमको जग्गा काण्डमा तैं चुप मैं चुप अवस्था रहेको छ ।

लोकमानसिंह कार्की अख्तियारका विवादास्पद प्रमुख आयुक्तका रुपमा न्यायालयको आदेशले पदमुक्त भए । उनले अख्तियारमा राखेका विवादास्पद पात्रमध्ये डा. निलमणि उपाध्याय, हुपेन्द्रमणि केसी, भवानी सुवेदी, गोबर्ध्दन श्रेष्ठहरु हुन् । कर्मचारीबाट राखिएका अधिकृत राधा श्रेष्ठ, नारायण अधिकारी, प्रहरी अधिकृत दानबहादुर थापाहरु हुन् । लोकमानको सचिवालयमा रहेर लाभ लिने पात्रमध्येकी राधा श्रेष्ठलाई उनको पदमुक्तिसंगै सरुवा गरिएको थियो ।

गृहसचिव राईले तिनै राधा श्रेष्ठलाई आकर्षक मानिने काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सरुवा गरे । काठमाडौं प्रशासन कार्यालयपछि गृहसचिव राईले तीन महिनाअघि तिनै राधा श्रेष्ठलाई गृहमन्त्रालयको आफ्नै निजी सचिवमा ल्याएका छन् । राधा श्रेष्ठ अहिले गृहसचिव राईकै निजी सचिव रहेकी छिन् ।

लोकमानको सचिवालयमा रहँदा उजुरीमा मोलमोलाई गर्ने भनेर कारबाहीस्वरुप सरुवा गरिएकी राधा निष्कलंक भनिएका सचिव राईको सचिवालयमा गएपछि अख्तियारभित्रै पनि चर्चाको विषय बनेको स्रोत बताउछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?