पत्रपत्रिका

बाँकेमा थप एक सङ्क्रमितको मृत्यु

राँझा- बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको हो ।
Spread the love

पत्रकारको व्यवसायिक सुरक्षामा प्रदेश १ पहिलो

Spread the love

कोरोना भाइरस (कोभिड १९) संक्रमण जोखिमले देशैभर लकडाउन भएको ७२ दिन भएको छ । लकडाउनको सर्वाधिक असर सेवा क्षेत्रमा परेको छ । सञ्चार क्षेत्रमा परेको असर त भन्नैपरेन ।

मूलधारका दैनिक पत्रिका नाक जोगाउनमात्रै प्रकाशन भइरहेका छन् । २२–२४ पृष्ठ छापिने पत्रिकाहरु ४ पेजसम्मका भएका छन् । टेलिभिजनको विज्ञापन ३० प्रतिशतमा सीमित भएको छ, जुन तलबभन्दा पनि अपरेसनमै नपुग हुन्छ । रेडियोको अवस्था उस्तै छ । एकाधबाहेक अनलाइनको विज्ञापन ठप्पै भएको छ । भएकाहरुको पनि ४०–५० प्रतिशतमा सीमित छ ।

नेपाल पत्रकार महासंघ, न्यूनतम पारिश्रमिक निर्धारण समितिमा पत्रकारले तलब नपाएको उजुरी परिरहेको छ । पत्रकारलाई बेतलबी राखिएको छ । जागिरबाट निकालिएको छ । तलब कटौति गरिएको छ । सर्वाधिक संकट ठूला मिडियामा छ ।

मूलधार संकटमा पिरोलिँदा पत्रकारको व्यवसायिक सुरक्षामा प्रेसप्रति सकारात्मक धारणा राख्ने पूर्वसञ्चारमन्त्री शेरधन राईको नेतृत्वमा रहेको एक नम्बर प्रदेश १ सरकार र त्यहाँका स्थानीय तहको सहकार्य प्रशंसायोग्य रहेको छ । केही दिनअघिमात्रै प्रदेश नम्बर १ का १ सय १६ सञ्चारमाध्यमलाई प्रदेश सरकारलाई लोककल्याणकारी विज्ञापनको रकम भुक्तानी गरेको छ । तीमध्ये करिव करिव ९९ सय प्रतिशत स्वरोजगार मिडिया छन् । प्रदेश सभामै कांग्रेसका प्रमुख सचेतकले पत्रकारको मुख थुन्न रकम बाँडेको आरोप लगाए पनि पत्रकार र तिनका परिवारको हातमुख जोर्नका लागि यो रकम पूरापूर सदुपयोग भएको छ । केही दिनअघि अनलाइन बैठकमा एक पत्रकारले भनेका थिए– राहतका लागि लाइन लाग्न सकिएन । मिडियाले पैसा दिँदैन ।

कम्तिमा राहतको लाइनमा मिसिनबाट प्रदेश सरकारले जोगाएको छ । किनभने जुनसुकै पेसा व्यवसायमा रहे पनि नागरिकप्रति सरकारको दायित्व अपेक्षित रहन्छ ।

प्रदेश सरकारसँगै विराटनगर महानगरपालिकाले आफ्नो नगर क्षेत्रका सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन प्रदान गर्ने गरेको छ । धरान र इटहरी उपमहानगरपालिकाले पत्रकारलाई लेखनवृत्ति दिने घोषणा गरेको छ । झापाको मेचीनगर नगरपालिकासहित प्रदेश १ का धेरै स्थानीय तहले स्थानीय सञ्चारमाध्यम टिकाउन र वृत्ति विकासमा काम गरेका छन् ।

नगण्य आम्दानी भएका प्रदेश १ का सरकारले सञ्चारमाध्यमप्रति देखाएको सकारात्मक सोच संघीय सरकार र अरु सरकारले सिक्नुपर्ने देखिन्छ । अझ काठमाडौं, ललितपुरजस्ता अर्बौं बजेट भएका महानगरपालिकाले स्थानीय गुठीहरुलाई करोडौं वितरण गर्दा सञ्चारमाध्यमप्रति अलिकति पनि उदारता देखाएका छैनन् ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बाँकेमा थप एक सङ्क्रमितको मृत्यु

राँझा- बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति...

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य...

विपन्न नागरिक भन्छन्ः दशैँ कसरी टार्ने ?

टीकापुर- टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिनुभयो । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको...

नवरात्रको आठौँ दिन महागौरीको पूजाराधना गरिँदै

काठमाडौँ- नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात्...

थप समाचार शीर्षक

  •  
  •  
  •