पत्रपत्रिका

MISIAD arrives in Nepal, will contribute to Nepal-Turkey trade

MISIAD, an organization of Turkish businessmen, has expanded its branch network in Nepal. MISIAD Nepal,...
Spread the love

कोल्टीमा इलाका प्रशासन राख्न माग

Spread the love

मार्तडी- यहाँस्थित उत्तरपूर्वी भेगको कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय राख्नका लागि चार स्थानीय तहका जनप्रतिनिधिले सरकारसँग माग गरेका छन् ।

सोमबार चार स्थानीय तहका प्रमुख, प्रदेश निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य र अन्य स्थानीयवासीको सर्वपक्षीय भेलाले उत्तरपूर्वी भेगमा इलाका प्रशासन कार्यालय राख्न सरकारसँग माग गर्ने निर्णय भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश निर्वाचन क्षेत्र ‘क’ का नागरिकले सरकारी सेवा लिन लामो दूरीको यात्रा गर्दै जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्नका लागि सरकारसँग इलाका प्रशासन कार्यलयल माग गर्ने सहमति भएको हो ।

तीन वटै तहको निर्वाचन भएको तीन वर्ष बितिसक्दा पनि प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा अहिलेसम्म इलाका प्रशासन कार्यालय स्थापना नहुँदा नागरिकले जिल्ला धाउनुपर्ने बाध्यताका कारण चार स्थानीय तहले इलाका प्रशासन कार्यालय स्थापनाको मागसहित गृह मन्त्रालयलाई पत्र पठाएको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा सुविधा लिन इलाका प्रशासन कार्यालय स्थापनापछि तीन गाउँपालिका र एक नगरपालिकाका नागरिकलाई सहज हुने भएकाले सोमबार बसेको सर्वपक्षीय बैठकले सहमतिसहित पत्र पठाएको अध्यक्ष शाहीले राससलाई बताउनुभयो ।

सर्वपक्षीय भेलामा प्रदेश निर्वाचन क्षेत्र ‘क’ का प्रदेशसभा सदस्य बलदेव रेग्मी, बुढीनन्दा नगरपालिकाका प्रमुख पदमकुमार गिरी, हिमाली गाउँपालिकाका अध्यक्ष मल्ल, जगन्नाथ गाउँपालिकाका अध्यक्ष शाही र स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाही तथा नगर उपप्रमुख गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्ष नागरिक समाजका अगुवालगायतको सहभागिता थियो ।

  •  
    3
    Shares
  • 3
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

MISIAD arrives in Nepal, will contribute to Nepal-Turkey trade

MISIAD, an organization of Turkish businessmen, has expanded its branch network in Nepal.

सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित...

रु पाँच सयको सामानमा अढाइ लाख जरिवाना

वीरगञ्ज- भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना...

शरणार्थीको कोभिड–१९ को उपचार नेपाली नागरिकसरह गर्न निर्देशन

काठमाडौँ- सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा...

तत्काल विद्यालय खोल्न सकिँदैन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम...

थप समाचार शीर्षक

  •  
    3
    Shares
  • 3
  •