पत्रपत्रिका

काभ्रेमा एकैदिन उनान्असी सङ्क्रमित

काभ्रेपलाञ्चोक- यहाँ हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल...
Spread the love

बेनी–जोमसोम सडक अवरुद्ध

Spread the love

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा आएको बाढी र पहिरोले सडक बगाएपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । करिब २०० मिटर सडक पहिरो र रुप्सेखोलाको बाढीले बगाएपछि सोमबारदेखि सवारी आवत–जावत अवरुद्ध भएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । “मान्छे पनि हिँड्न नमिल्ने गरी ट्र्याक बगाएको छ”, उहाँले भन्नुभयो, “मानिस आउजाउ गर्ने काठको अस्थायी पुल (साँघु) बनाएका छौँ । पहिरो नरोकिए र बाढी कम नहुँदासम्म सडक मर्मत गर्न गाह्रो छ ।”

सडक अवरुद्ध हुँदा मुस्ताङमा उत्पादन भएको स्याउ बजार पठाउन समस्या भएको छ । मुस्ताङका बगैँचामा स्याउ टिप्न शुरु भएको छ । यसैगरी ढुवानी र अत्यावश्यक कामका लागि आवतजावत पनि प्रभावित भएको छ । छैहत्तर किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा आवतजावत प्रभावित भएको छ । बिरामीलाई अस्पताल लैजान महँगोमा हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ । सडक मर्मत गरी यातायात सञ्चालनका लागि पहल गरिएको मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो । यसअघि गत असार २६ गतेदेखि अवरुद्ध भएको सडक यही भदौ ९ गतेदेखि सञ्चालनमा आएको थियो ।

असार २६ गते रघुगङ्गा नदीमा आएको बाढीले भत्काएको गलेश्वरको बेलिब्रिज साउन २७ गते मर्मत गरेर सञ्चालन गरिएको थियो । यसैगरी साउन ५ गते रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र चालू अवस्थामा रहेको दुई वटा मोटरेबल पुलसहित रुप्सेमा सडक बगाएको थियो ।

  •  
    8
    Shares
  • 8
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काभ्रेमा एकैदिन उनान्असी सङ्क्रमित

काभ्रेपलाञ्चोक- यहाँ हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित...

रसुवामा कोरोना सङ्क्रमित शून्य

रसुवा- जिल्लामा कोरोना सङ्क्रमित शून्य भएको छ । पछिल्लो समय जिल्लाभित्र कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेशन शय्या...

नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज...

रुसमा धमाधम भ्याक्सिन लगाउने बढे, भ्याक्सिन लगाउनेले ३ कुरा गर्न मिल्दैन

काठमाडौं– रुसले गत अगष्टमा परीक्षणको क्रममा रहेको कोरोना भाइरसविरुद्धको खोप लगाउने धमाधम बढेका छन् । विश्वकै पहिलो दाबी गरिएको...

थपिए एक हजार ३५६ कोरोनाका सङ्क्रमित

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३५६ जनामा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार...

थप समाचार शीर्षक

  •  
    8
    Shares
  • 8
  •