पत्रकार भट्टराईले आँखा र छाला दान गर्ने

लोकप्रिय

इटहरी– पत्रकार लिलाराज भट्टराईले मृत्युपर्यन्त आँखा र छाला दान गर्ने घोषणा गरेका छन् ।

सप्तकोशी एफएमका समाचार प्रमुख भट्टराईले असोज २ गते परेको जन्मदिनको अवसरमा मृत्युपर्यन्त आँखा र छाला दान गर्ने घोषणा गरेका हुन् । उनले आफ्ना आँखाबाट कसैले यो सुन्दर संसार देख्न सकुन अनि जलन भएका चारजनाले आफ्नो छालाबाट उपचार प्राप्त गर्न सकुन् भन्ने इच्छा समेत व्यक्त गरेका छन् ।

भट्टराईले आफ्नो छोरा बिक्रान्तको असोज १० गते पर्ने जन्मदिन र भजिती खुशीको पुष १४ मा पर्ने जन्मदिनको अवसर पारेर एक/एक जना अनाथ बालबालिकालाई झोला, बर्षदिनभरि पुग्ने कापी र कलम प्रदान गर्ने प्रतिबद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

देशमा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित अगाडि बढ्न आवश्यक छ : डा.भट्टराई

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाललाई बदल्न देशमा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित नेता अगाडि बढ्नुपर्ने...

छुटाउनुभयो कि?