काठमाडौं । जापान पढ्न पठाउने शैक्षिक परामर्शदाताहरुको संस्था जापानिज भाषा स्कुल संघ नेपाल (जालसान) ले जापान सरकारको सम्बन्धित निकायबाट सीओई प्राप्त गरेका विद्यार्थीलाई जापान जाने व्यवस्था मिलाइदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार आग्रह गरेको छ ।
जालसानले प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना गरेको छ । भेटमा जालसानले कोरोना भाइरसको कारण शैक्षिक क्षेत्रमा पारेको प्रभावका बारेमा पनि जानकारी गराएको थियो । जालसानले व्यवसायलाई सहज हुन वातावरण बनाइदिन पनि प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।
आफूहरुले राखेका कुरालाई प्रधानमन्त्रीले चासो दिएर सुनेको पनि जालसानले जनाएको छ ।