सर्वाेच्चको समस्या समाधानका लागि उपाय खोज्नेछु : सभामुख सापकोटा

लोकप्रिय

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वाेच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसन चरणवद्ध आन्दोलनमा रहेका बेला सभामुख सापकोटाले भने, ‘ म जानुभन्दा (स्पेन) पहिला नेपाल बारले ध्यानाकर्षण पत्र बुझाएको थियो । विषय जानकारीमा छ, अब कसरी अगाडि बढ्ने भनेर म सोच्छु ।’

बारले प्रधानन्यायाधीशको बर्खास्तीको माग गर्दै प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष र संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षणपत्र बुझाइसकेको छ । सापकोटाले संसदको गतिरोध अन्त्यका लागि पनि उपाय खोज्ने बताए । ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामाअब सोच्छु,’ उनले भने, ‘सर्वदलीय बैठक, अरू बैठक गरेर उपाय खोज्नका लागि म त्यसमै केन्द्रित भएर लाग्ने छु ।’उनी अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औं सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका हुन् ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

दुई वटा गठबन्धनलाई हराउँदै हरिगोविन्द महालक्ष्मीको मेयर निर्वाचित

ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ मेयर निर्वाचित हुनुभएको छ । कांग्रेस, माओवादीको गठबन्धन र एमालेबाट चोइटिएको नेकपा...

छुटाउनुभयो कि?