काठमाडौं– महालक्ष्मी नगरपालिका, ललितपुरमा नेकपा एमाले र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
एमालेका हरिगोविन्द श्रेष्ठभन्दा गठबन्धनका शिव कट्टेल एक मत अगाडि छन् । श्रेष्ठले ४६६ मत र कट्टेलले ४६७ मत पाएका छन् ।
उपमेयरमा भने एमालेका बिना सुवेदी केसीको एक्लो अग्रता छ । केसीले ६१२ मतसहित फराकिलो अन्तरले अग्रता लिएकी छन् । कांग्रेसकी लक्ष्मी महर्जनले ४०७ मत पाएकी छन् ।
१ नम्बरको मत गनिरहँदा वडाध्यक्षमा एमालेले अग्रता लिएको छ ।
