सुनसरीका ९ पालिकामा काँग्रेस र ३ पालिकामा एमालेको अग्रता !

लोकप्रिय

इटहरी । सुनसरीमा दुई उप–महानगरपालिकासहित ४ नगरपालिका र ६ गाउँपालिकामा अहिले मतगणना जारी रहेको छ । जसमध्ये बहुसंख्यक पालिकामा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । 

बुधबार बिहानसम्मको मतपरिणाम अनुसार नेपाली काँग्रेसले जिल्लाका ९ पालिकामा अग्रता कायम गरेको छ । दुई उपमहानगरपालिका मध्ये दुवैमा काँग्रेसको अग्रता रहेको छ । दुवै, धरान र इटहरी उपमहानगरपालिकामा गठबन्धन गरेको काँग्रेसले अग्रता कायम गरेको छ । धरानको मेयरमा काँग्रेसका किशोर राईले ६८६३ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई लौरो चुनावी चिह्न भएका स्वतन्त्र उम्मेदवार हर्क साङपाङले ६५९४ मत ल्याएर पछ्याइरहेका छन् । 
नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीको ५९०६ मत रहेको छ । २०७४ सालमा धरानको मेयर र उपमेयरमा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । उपमेयरमा पनि गठबन्धनकै उम्मेदवारको अग्रता रहेको छ । गठबन्धनको तर्फबाट नेकपा ९माओवादी केन्द्र०का आइन्द्र विक्रम बेघाले ७३१८ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई नेकपा एमालेका पदम इस्बो लिम्बुले ७०७३ मत ल्याएर पछ्याइरहेका छन् ।
यता इटहरीमा २०७४ सालमा मेयर र उपमेयर दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवारलाई पछि पार्दै बागडोर सम्हालेको एमाले मेयरमा पछि परेको छ । उपमेयरमा भने एमालेकै अग्रता रहेको छ । ताजा मतपरिणाम अनुसार इटहरीको मेयरमा नेपाली काँग्रेसका हेमकर्ण पौडेल ११३०० मतका साथ पहिलो स्थानमा रहेका छन् । उनलाई नेकपा एमालेका यामकुमा सुब्बाले ९१४४ मत ल्याएर पछ्याइरहेका छन् । 
यता उपमेयरमा भने एमालेकी संगीता कुमारी चौधरीले १०२२६ मत ल्याएर अग्रता कायम गरेकी छिन् । उनलाई गठबन्धनको तर्फबाट नेकपा ९एकीकृत समाजवादी०का केशव कुमार विष्टले ६८५० मत ल्याएर पछ्याइरहेका छन् ।
यस्तै जिल्लाका ४ नगरपालिका मध्ये काँग्रेसले ३ नगरपालिकाहरु, दुहवी नगरपलिका, इनरुवा नगरपालिका र बराहक्षेत्र नगरपालिकामा अग्रता कायम गरेको छ । दुहवीमा काँग्रेसका वेदनारायण गच्छादारले जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई पछि पार्दै अग्रता कायम गरिरहेका छन् । 
यता जिल्लाको सदरमुकाम इनरुवा नगरपालिकामा समेत काँग्रेसले मेयर उपमेयर दुवै पदमा अग्रता कायम गरेको छ । मेयरमा काँग्रेसका केदार भण्डारीले ७१९७ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई एमालेबाट मेयरका उम्मेदवार सरोज पोखरेलले ५८३८ मत ल्याएर पछ्याइरहेका छन् । उपमेयरमा पनि काँग्रेसकी विनिता कुमारी चौधरीले ७३५२ मत ल्याएर अग्रता कायम गरेकी छिन् । उनलाई एमालेकी सहजादी प्रविणले ५८७५ मत ल्याएर पछ्याइरहेकी छिन् ।
यता जिल्लाकै कान्छो नगरपालिका, बराहक्षेत्रमा पनि सुरुवात दिनमा पछाडी परको काँग्रेसले अहिले अग्रता कायम गरिहरेको छ । त्यहाँ गठबन्धनबाट काँग्रेसका रमेश कार्कीले ४२९४ मत ल्याएर अग्रता कायम गरिरहेका छन् । उनलाई बराहक्षेत्रका निवर्तमान मेयरसमेत रहेका एमालेका निलम खनालले ३५०३ मत ल्याएर पछ्याइरहेका छन् । उपमेयरमा भने एमालेकी नन्द कुमारी राईले ३८२० मत ल्याएर अग्रता कायम गरिरहेकी छिन् । २४४५ मत ल्याएर उनलाई माओवादीका अमित गौतमले पछ्याइरहेका छन् । यसैगरी जिल्लाका कोशी, भोक्राहा नरसिंह, हरिनगर, देवागञ्ज गाउँपालिकामा पनि नेपाली काँग्रेसले अग्रता कायम गरेका छ ।
एमालेले भने एक नगरपालिका र दुई गाउँपालिकामा मात्रै अग्रता कायम गरेको छ । एमालेले रामधुनी नगरपालिकामा अग्रता कायम गरेको छ । एमालेका मेयर उम्मेदवार शंकरलाल चौधरीले ८२३८ मत ल्याएर अग्रता कायम गरिरहेका छन् । उनलाई नेपाली काँग्रेसका सुदीप अधिकारीले ७४४४ मत ल्याएर पछ्याइरहेका छन् । उपमेयरमा पनि त्यहाँ एमालेले नै अग्रता कायम गरेको छ । एमालेकी उम्मेदवार तारा थालाले ७८८९ मत ल्याएर अग्रता कायम गरेकी छिन् । उनलाई काँग्रेसकी आशा कुमारी चौधरीले ६४४६ मत ल्याएर पछ्याइरहेकी छिन् । 
यस्तै जिल्लाको बर्जु गाउँपालिका र गढी गाउँपालिकामा पनि एमालेले नै अग्रता कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जिल्लास्तरीय रनिङ शिल्डको उपाधि बेसीसहरलाई

लमजुङ । १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले हात पारेको छ । १६ देखि १७ असारसम्म...

छुटाउनुभयो कि?