निक्षेप तथा कर्जा सुरक्षण कोषको सीइओमा रमेश घिमिरे नियुक्त

लोकप्रिय

काठमाडौं- सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा रमेश घिमिरेलाई नियुक्त भएका छन्। सिफारिसमा परेका तीनमध्ये मन्त्रिपरिषद्को बैठकले झापाको शिवसताक्षी नगरपालिका-२ का घिमिरेलाई नियुक्त गरेको हो।

अर्थ मन्त्रालयले कार्यकारी अधिकृतका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। जसमा घिमिरेसँगै मोरङको विराटनगर-१५ का रमेश दाहाल र काठमाडौंको टोखाका कविराज अधिकारी थिए।

कोषले बैंक तथा वित्तीय संस्थाबाट जारी गरिएको कर्जाको अवस्था हेरी सुरक्षा प्रदान गर्ने गरेको छ। कोषमा निर्देशक बन्न ५ जनाको कार्यपत्र र अन्तर्वार्ता लिइएको थियो।

जसमध्ये धेरै अंक ल्याउने तीन जनाको नाम मन्त्रिपरिषदमा पठाइएको थियो। कोष राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र राष्ट्र बैंकको सहभागितामा सञ्चालित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सामुदायिक विद्यालयमै पुगेर समस्या बुझ्दै महालक्ष्मीका प्रमुख–उपप्रमुख

काठमाडौं– महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले सामुदायिक विद्यालयमै पुगेर विद्यालयका समस्या र समाधानका उपाय...

छुटाउनुभयो कि?