काठमाडौं- कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेले आफ्नो एक वर्षे कार्यकालमा हासिल भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेकी छन्। ७ जनवरी २०२५ मा ओहदाको प्रमाणपत्र बुझाएर औपचारिक रूपमा कार्यभार सम्हालेकी राजदूत तुम्बाहाङ्फेले यस अवधिमा नेपाल–कोरिया सम्बन्ध सुदृढीकरण, कोरियामा रहेका नेपालीको हक–हित संरक्षण, श्रमिक तथा विद्यार्थी समस्या समाधान, लगानी प्रवर्द्धन र सार्वजनिक कूटनीतिमा उल्लेखनीय काम गरेकी…