काठमाडौँ, ९ असोज : सहरी विकास मन्त्रालयको जानकारी बेगर नै सो मन्त्रालयका विभाग-कार्यालय[-आयोजनामा कार्यरत प्राविधिक कर्मचारीको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्य निकायमा सरुवा गरेपछि समस्या उत्पन्न भएको छ । यसले गर्दा सहरी मन्त्रालयको कार्यक्रम कार्यान्वयनमा गम्भीर समस्या उत्पन्न भएकाले मन्त्रालयअन्तर्गतका प्राविधिक कर्मचारीको सरुवा गर्दा मन्त्रालयसँग समन्वय गरेर मात्र गरिदिन सहरी मन्त्रालयले सामान्य मन्त्रालयलाई…