काठमाडौँ, २३ असोज : प्रेस काउन्सिल नेपालले दसैँको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर दिने भएको छ । काउन्सिलले आज जारी गरेको प्रेस विज्ञप्तिमा दसैँ बिदाको समयमा आएका उजुरी, गुनासामा अनुगमन र सुनुवाइ हुने जनाएको छ । सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा काउन्सिलको अनलाइन उजुरी प्रणाली तथा वेवसाइटमा उजुरीका लागि तोकिएको ठेगानामा…