काठमाडौं, – प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’का लागि स्वराङ्कन गरेका छन्। शनिवार अनामनगरमा रहेको एक स्टुडियोमा पुगेर उनले आफ्नो दृश्यको स्वराङ्कन गरेका हुन्। एसिड आक्रमणमा परेकी ३३ महिलाको कथालाई समेटेर तयार गरिएको चलचित्रमा उनले केही अगाडि अभिनय गरेका थिए। ‘एसिड आक्रमणका पीडितले न्याय पाउनेछन्, तपाईंहरुको समस्याको समाधान म गर्छु, न्याय दिन्छु। तपाईंहरुले एसिड…