विराटनगर, – नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । शुक्रबार प्रदेशसभा बैठक बस्दैछ, बैठकअघि सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । १७ असारमा कांग्रेस एमालेबीच सत्तासमीकरण बनेपछि कोशीमा माओवादी केन्द्रले ११ साउनमा सरकार छाडेको थियो, तर समर्थन फिर्ता लिएको…