मधेस सरकारबाट बाहिरियो जनमत पार्टी

काठमाडौं, – सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ। मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन्। मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका सचिव वीपी साहले जानकारी दिए।

Logo