काठमाडौं, – नेपाली कांग्रेसका सात प्रदेशका सभापतिहरूले केन्द्रले प्रदेशलाई बेवास्ता गरेको भन्दै पार्टी बैठकमा गुनासो गरेका छन् । बुधबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा बिहीबार आमन्त्रित सदस्यका रुपमा सात प्रदेशका सभापतिलाई बोल्न दिइएको थियो । प्रदेश सभापतिहरू उद्धव थापा, कृष्ण यादव, इन्द्र बानियाँ, शुक्रराज शर्मा, अमरसिंह पुन, ललितजंग शाही र बीरबहादुर बलायरले संघीयता अनुसार प्रदेश…