काठमाडौं, – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्थायित्वको नाममा जनताले अर्को जंगबहादुर नखोजेको बताएका छन् । विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले शासन होइन, जनता बलियो बनाउनुपर्ने बताए । शक्तिको केन्द्रीकरणबाट नै स्वेच्छाचारीताको जन्म हुने भन्दै उनले भने, ‘कसैलाई कार्यकारी पदमा पुग्नेबित्तिकै…