काठमाडौं, – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी आन्दोलनको भावुक बहकाउमा नै आफूले नेकपा एमालेसँग गठबन्धन गरेको बताएका छन् । तर, आफू एमाले अध्यक्ष केपी शर्मा ओलीको लामालामा मीठा र भरोसापूर्ण संवादहरूबाट अल्मल्याइएको सुनाए । प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधामनन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई धोकाबाट बच्न सुझाव पनि दिए । ‘निर्वाचनपूर्वकै गठबन्धन अर्थात् नेपाली कांग्रेससहितको सत्ता…