काठमाडौं, – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि बिहान १० बजे कार्यव्यवस्था समितिको बैठक बस्ने छ । बैठकमा प्रधानमन्त्रीको विश्वासको मत, आगामी १५ दिनको क्यालेन्डर लगायतका एजेण्डा रहेको सभामुखको सचिवालयले जनाएको छ ।…