काठमाडौं, – नेपाली कांग्रेसले आज दिउँसो एक बजे पत्रकार सम्मेलन गर्ने भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पुस १२ देखि १४ गतेसम्म सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा सम्पन्न बैठकका निर्णयहरूबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हो। कांग्रेस सचिवालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पत्रकार सम्मेलनमा…