काठमाडौं,– निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सक्ने बताएको छ। आयोगका अनुसार सोमवार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सक्ने कार्यतालिका रहेको छ। राष्ट्रिय सभाका १९ सिटका लागि सोमवार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ। उनीहरूविरुद्ध परेको उजुरीको भोलि र पर्सि…