काठमाडौं, – सभामुख देवराज घिमिरेले संसद् भवन निर्माणले अपेक्षित प्रगति हासिल गर्न नसकेको बताएका छन् । शुक्रबार उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, मन्त्रालयका सचिव मणिराम गेलाल लगायतसँग छलफल गर्दै सभामुख घिमिरेले संसद् भवन निर्माणमा चासो देखाएका हुन् । ‘कामको प्रगति सन्तोषजनक छैन । यसलाई समयभित्रै (मंसिर)मा सक्नेगरी कागज गरेको छ । अहिलको स्पिरिटले सम्भवै…