म्याग्दी, । म्याग्दी सदरमुकाम बेनीको कालीपुल बसपार्कमा सोमबार यात्रु सहायता कक्ष स्थापना भएको छ । स्थलमार्गबाट म्याग्दी भित्रने नाकामा रहेको कालीपुल बसपार्कदेखि म्याग्दीबाट लामो तथा छोटो दूरीका यातायातका साधनहरू सञ्चालन हुन्छन् । चाडपर्व नजिकिँदै गर्दा यात्रुलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालयले बसपार्कमा रहेको ट्राफिक कार्यालय परिसरमा सहायता कक्ष स्थापना गरेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले…