काठमाडौँ, – नेपाली कांग्रेसका सांसद जीवन परियारले आगामी आर्थिक वर्षको बजेट यर्थाथपरक नभएको बताए प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा आगामी आव २०८१/८२ को बजेटमाथि छलफलका क्रममा उनले ऋणको आकार बढदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले प्राप्त नहुने लक्ष्यलाई आधार बनाएको भन्दै बजेट निर्माणको क्रममा प्राथमिकताका क्षेत्र पहिचान गर्न नसकेको धारणा व्यक्त गरे । सांसद परियारले…