दमौली, – नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्य उद्यान निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । भानु नगरपालिकाले भानु–४ चुँदीरम्घामा साहित्य उद्यान निर्माणको काम अगाडि बढाइएको हो । चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यसहित नगरपालिकाले साहित्य उद्यानको काम अगाडि बढाएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । यसका लागि सङ्घीय सरकारले रु पाँच करोड बजेट…