काठमाडौँ, । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको बताएका छन् । १५१औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले आज आयोजना गरेको कार्यक्रममा उनले हुलाक सेवालाई समयानकूल सुधार गर्दै लैजानुपर्नेमा जोड दिए । “हुलाकको आवश्यकता र सार्थकता घटेको छैन”, मन्त्री खरेलले भने, “हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र…