काठमाडौं, – ललितपुरको गोदावरी नगरपालिकाका मेयर र उपमेयरहित १४ जनाले सफाइ पाएका छन् । विशेष अदालतले ढुंगा बालुवा उत्खनन र बिक्री वितरणमा राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेका गोदावरीका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाले सफाइ पाएका हुन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको…