काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एक ढिक्का भएको महसुस भएको बताउनुभएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले केन्द्रीय समितिको बैठकमा पार्टी अब एक ढिक्का भएको सबैलाई महसुस भएको बताउनुभयो । “जारी बैठकमा लोकतन्त्र तथा जनवादको उच्च अभ्यास भएको छ”, उहाँले भन्नुभयो,…