काठमाडौं, – नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आगामी पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने किसिमले अन्धाधुन्ध विनाश भइराखेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘आजको विकासको भोक मेट्न, भोलिको पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढंगले अन्धाधुन्ध विनाश नियन्त्रण गरौं,’ उनले भने । भूगर्भविदहरूले औंल्याएका पहिरोको जोखिम वस्तीहरू…