काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ । आइतबार बिहान हेटौंडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘बिहान बसेको संसदीय दलको बैठकले बहादुरसिंह लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सर्वसहमतिमा निर्णय गरेको हो,’ प्रदेश सांसद रमेश महतले भने ।…