जन्मँदै छोरीलाई तीन लाख रुपैंयाँ

लोकप्रिय

काठमाडौं- प्रदेश २ का आठै जिल्लामा अब छोरी जन्मनेवित्तिकै तीन लाखको बिमा हुनेछ ।

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत प्रदेश सरकारले गरिदिँदै आएको एक लाखको बिमामा रकम थपिदिएको हो ।

प्रदेश मन्त्रिपरिषदको शुक्रबारको बैठकले बिमाका लागि दिने गरिएको रकम तीन लाख पुर्याउने निर्णय गरेको हो ।

नपढाउने र उमेर नपुगी बिहे गरिदिने चलनलाई फेर्न छोरीले परिवारबाट २० वर्षसम्म शिक्षा आर्जनको सुविधा पाएको खुलेपछि मात्रै बिमाको रकम भुक्तानी पाउनेछन् ।

‘प्रदेश २ का छोरीहरु अब जन्मनेवित्तिकै तीन लखिया हुनेछन्,’ मुख्यमन्त्री लालबाबु राउतले भने, ‘छोरी बोझ होइनन्, शिक्षा र राम्रो व्यवहार गरे छोरासरह नै काबिल हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?