चितवन,। आज हिन्दू नेपालीहरुको महान चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइदै छ । घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ । यो दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो । आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै,…