नेकपा केन्द्रीय कमिटीः समूह नेताले प्रतिवेदन पेस गर्नेक्रम जारी

लोकप्रिय

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटी बैठकमा शनिबार विभिन्न ११ समूहले आफ्नो प्रतिवेदन पेस गरिरहेका छन् ।

राष्ट्रियसभागृहमा जारी बैठकमा समूहगत छलफलपछि समूहले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि आफ्नो सुझाव प्रस्तुत गरिरहेका छन् ।

शनिबार समूह–३ का नेता खिमलाल भट्टराई, समूह–४ का नेता जगन्नाथ खतिवडा, समूह–५ का नेता ठाकुर गैरे, समूह–७ का नेता पूर्णाकुमारी सुवेदी, समूह–१२ का नेता रेणु दाहालले समूहगत छलफल गरेर प्रतिवेदन पेस गरिसकेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

प्रतिवेदन पेस गर्दै नेताहरुले पार्टी, सरकार र नेतृत्वको कडा आलोचना गरेका छन् ।

यसैगरी, शनिबार नै समूह–१ बाट आनन्द पोखरेल, समूह–८ का नेता बिन्दा पाण्डे, समूह–१० का नेता महेश बस्नेत, समूह–११ का नेता राजेन्द्र राई, समूह–१४ का सुरेन्द्रकुमार कार्की र समूह–१५ का नेता हिमाल शर्माले पनि प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ ।

विभिन्न १५ समूहमा विभाजित केन्द्रीय सदस्यले बिहीबार राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल गरेर शुक्रबारदेखि बैठकमा आफ्नो प्रतिवेदन पेस गरिरहेका छन् ।

शुक्रबार समूह–२ बाट कमला रोका, समूह–६ बाट दीनानाथ शर्मा, समूह–१३ का नेता लेखनाथ न्यौपाने र समूह–९ का नेता भगवती चौधरीले आ–आफ्नो समूहको प्रतिवेदन पेस गरेका थिए ।

समूह नेताको प्रस्तुति सकिएपछि आइतबार पार्टी नेतृत्वले जवाफ दिने कार्यतालिका रहेको छ ।

नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक यही माघ १५ गतेदेखि सुरु भएको हो ।

बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गतेको समय निर्धारण गरिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?