तोलामा ८०० ले बढ्यो सुनको मूल्य

लोकप्रिय

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले बढेर रु ९९ हजार ७०० तोकिएको छ । 

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार २०० छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९८ हजार ४०० थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०ले बढेर रु एक हजार ३६० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

दुई वटा गठबन्धनलाई हराउँदै हरिगोविन्द महालक्ष्मीको मेयर निर्वाचित

ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ मेयर निर्वाचित हुनुभएको छ । कांग्रेस, माओवादीको गठबन्धन र एमालेबाट चोइटिएको नेकपा...

छुटाउनुभयो कि?