अयोग्य पदाधिकारी पुनर्रवाहाली गर्न एनआरएनए अध्यक्ष अचार्य र श्रेष्ठको दवाव

लोकप्रिय

अमेरिका । पद्दती र पारदर्शिताको नारा सहित निर्वाचनमा होमिएर भागबण्डामा अध्यक्ष बनेका गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य बाहिर जति चर्का कुरा गर्छन्, भित्र त्यो भन्दा भिन्न छन् । सामूहिक रुपमा छलफल गरेर अघि बढ्ने र निर्णय क्षमता निकै कम भएका आचार्यको कार्यकाल भएका प्रायः निर्णयहरु कार्यान्यन भएका छैनन् ।

कार्यान्वयन भएका निर्णयहरु समेट खुट्टा टेक्दैनन् । गैरआवासीय नेपाली संघको विधान अनुरुप योग्यता नपुगेका तर संघको ११ औं महाधिवेशनमा नाम घोषणा भएका पदाधिकारीहरुलाई संघले आफ्नो पदाधिकारी सूचिबाट हटाउने निर्णय संघका महासचिवद्धय गौरीराज जोशी र डा. केशव पौडेलले कार्यान्वयन गरे पछि आचार्य र संघका उपाध्यक्ष महेश श्रेष्ठले सो निर्णय उल्टाउन सकृय रुपमा लागेको छन् ।

संघको उच्चस्रोतका अनुसार संघको गत निर्वाचनमा दोहोरो भूमिका निर्वाह गरेर संघका निर्वाचन नहुने वातावरण बनाएर कुल आचार्यलाई अध्यक्षमा स्थापित गर्न सकृय श्रेष्ठले आचार्यकै आग्रहमा विधान विपरित ती पदाधिकारीहरुलाई पुनः स्थापित गर्न खोजेका हुन् । महासचिव डा केशव पौडेल र गौरीराज जोशीले गत महिना परिपत्र जारी गर्दै संघको विधान २००३ (संशोधित २०२१) को धारा १५।५।२ र १७।५।४ मा प्रावधान भए बमोजिम ती पदाधिकारीहरुको योग्यता नपुगेको जनाएका थिए ।

संघले करिब १ दर्जन विधान अनुरुप योग्यत नपुगेकाहरुलाई आफ्नो सूचीबाट हटाएको छ । यसअघि संघको पदाधिकारी बैठकले योग्यता नपुगेका र उम्मेदवारी शुल्क नतिरेका पदाधिकारीहरुलाई संस्थाको सूचिबाट हटाउने निर्णय गरेको थियो । स्रोतका अनुसार आचार्य र श्रेष्ठले उम्मेदवारी शुल्क नतिरेकाहरुलाई समेत संस्थामा स्थापित गर्न दवाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सामुदायिक विद्यालयमै पुगेर समस्या बुझ्दै महालक्ष्मीका प्रमुख–उपप्रमुख

काठमाडौं– महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले सामुदायिक विद्यालयमै पुगेर विद्यालयका समस्या र समाधानका उपाय...

छुटाउनुभयो कि?