चेतनामुलक अभियान लिएर झापा पुग्यो मुस्लिम आयोग

चेतनामुलक अभियान लिएर झापा पुग्यो मुस्लिम आयोग

काठमाडौं एक्सप्रेस

आयोग अध्यक्ष भन्छन्, ‘मजदुर होइन, हाकिम बनौं’
विर्तामोड- मुस्लिम आयोगले झापाको बाह्रदशी गाउँपालिकामा चेतनामुलक अभियान चलाएको छ ।

आयोगले बाह्रदशी गाउँपालिकाको वडा नम्बर २ स्थित जनता हाटमा चेतनामुलक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारी, गाउँपालिका अध्यक्ष देवीप्रसाद चम्लागाईं, उपाध्यक्ष शान्तादेवी शिवाकोटी, वडाध्यक्षहरु, स्थानीय सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

कार्यक्रममा अध्यक्ष अन्सारीले मुस्लिम बालबालिकालाई मदरशा शिक्षासँगै आधुनिक शिक्षा पनि आवश्यक रहेको बताए । उनले प्रतिस्पर्धी बन्न आधुनिक शिक्षा लिनुपर्नेमा जोड दिए ।

अध्यक्ष अन्सारीले महिला, छोराछोरीमा विभेद नगर्न पनि अपिल गरे ।

मुस्लिम समुदायमा १६ वर्ष नपुग्दै नागरिकता लिएर विदेश जाने चलन रहेकोमा असन्तुष्टि जनाउँदै अध्यक्ष अन्सारीले भने, ‘डिग्री पास गरेर विदेश जानुभयो भने मजदुर होइन, हाकिम हुन सकिन्छ ।’

Logo