भारतबाट दिने छात्रवृत्तिमा कोटा छुट्याउन अध्यक्ष अन्सारीको आग्रह

भारतबाट दिने छात्रवृत्तिमा कोटा छुट्याउन अध्यक्ष अन्सारीको आग्रह

काठमाडौं एक्सप्रेस

काठमाडौं- मुस्लिम आयोगले भारतबाट दिने छात्रवृत्तिमा कोटा छुट्याउन आग्रह गरेको छ ।

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीलाई आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भारतले नेपालका विद्यार्थीलाई दिने छात्रवृत्तिमा कोटा छुट्याउन आग्रह गर्नुभएको हो । उहाँले नेपाललाई दिने छात्रवृत्तिमा मुस्लिमलाई पनि कोटा निर्धारण गर्न आग्रह गर्नुभएको हो ।

अध्यक्ष अन्सारीलाई भेट्न नेता जोली आयोगको कार्यालय जावलाखेल पुग्नुभएको थियो । जवाफमा नेता जोलीले आयोगको मागमा आफू सकारात्मक रहेको बताउँदै सरोकारवालासँग छलफल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

नेता जोलीले नेपालमा मुस्लिम समूदायको उत्थान र विकासका लागि आयोगले गर्दै आएको कामको प्रशंसा गर्नुभएको थियो ।

अध्यक्ष अन्सारीले एक वर्षअघि पनि भारत भ्रमणका क्रममा भारतीय रक्षा मन्त्री राजनाथ सिंह र भारतको राष्ट्रिय अल्पसंख्यक कार्य मन्त्री मुखटार अब्बास नकबीसँग भेटेर भारतले दिने एमबीबीएस छात्रवृत्तिमा मुस्लिमलाई कोटा छुट्याउन माग गर्नुभएको थियो ।

Logo