- सार्वजनिक बिदा घोषणा गर्न मुस्लिम आयोगको अनुरोध
काठमाडौं– बकर इदमा आगामी असार १४ गते सार्वजनिक बिदा हुने भएको छ ।
नेपाल राजपत्रमा २०८० सालको बिदाको सूचीमा ईद उल अजहा (बकर इद)को अवसरमा सार्वजनिक बिदा दिने उल्लेख छ ।
आयोगका शाखा अधिकृत दयाराम तिवारीले असार १४ गते बिहीबारका दिन बिदा घोषणा गर्न गृह मन्त्रालयमा पत्र पठाएका छन् ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको पहलमा विगतका वर्षहरुमा पनि इस्लाम धर्मावलम्बीका पवित्र पर्वहरुमा सार्वजनिक बिदा दिइएको थियो ।
प्रतिक्रिया